काठमाडौं । सडक व्यापारीहरुको व्यवस्थापनको मागसहित उठेर आन्दोलन गरिरहेको अभियन्ता ईःसँग महानगरले वार्ता गर्ने भएको छ ।
साँढे २ बजे राष्ट्रिय सभा गृहमा महानगर र ईःबीच वार्ता हुन लागेको हो । गत मंगलबारदेखि अभियन्ता ईः सडक व्यापारीहरुको व्यवस्थापन गर्नुपर्ने मागसहित राष्ट्रिय सभा गृह अघि उभिएर आन्दोलन गरिरहेका छन् ।
आज ईः लगायतसँग वार्ता गर्न लागिएको महानगरका प्रवक्ता नवीन मानन्धरले लोकपथलाई जानकारी दिए । वार्ताका लागि आफूसहित महानगरका तर्फबाट केही व्यक्तिहरु जाने र ईः को तर्फबाट पनि वार्ताका लागि टोली गठन भएको बताए । तर वार्ताका लागि मेयर बालेन्द्र शाह बालेन नजाने उनले बताए ।
‘वार्ताका लागि मेयरसाप जानुहुुन्न । मसहित महानगरको तर्फबाट वार्ता टोली जानेछ । उता (ईः) बाट पनि वार्ताटोलीबीच छलफल हुनेछ ।’ उनले लोकपथसँग भने ।
निर्वाचनअघि फुटपाथ व्यापारीहरुको व्यवस्थापन गर्ने आश्वासन मेयर बालेन र उपमेयर सुनिताले बाँडे पनि निर्वाचनपछि भने सडक व्यापारीहरुलाई सडकबाट उठाएको र त्यसको विकल्प नदिएको भन्दै अभियन्ता ईः ले आन्दोलन थालेका हुन् ।
ईः को आन्दोलनमा सडक व्यवसायी, राजनीतिक दलका नेता कार्यकर्ता तथा आम सर्वसाधारणको समेत समर्थन रहेपछि महानगरले वार्ताका लागि चासो देखाएको हो ।
त्यस्तै आज नै उपमेयर सुनिता डंगोलले अभियन्ता ईः सँग भेटघाट गरी मागबारे महानगरले सम्बोधन गर्ने बताएकी थिइन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया