काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल (राप्रपा नेपाल) का अध्यक्ष कमल थापाले सडक व्यापारीको पक्षमा आन्दोलनमा रहेका अभियन्ता ईः को आन्दोलनप्रति ऐक्यबद्धता जनाएका छन् ।
मंगलबार दिउँसो राष्ट्रिय सभागृह अघि पुगेर थापाले आफूलाई अभियन्ता ईः ले उठाएका मुद्दा जायज रहेको बताएका हुन् ।
अभियन्ता ईः ले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह बालेन र उपमेयर सुनिता डंगोलको कदमविरुद्ध उभिएर विरोध गरिरहेका छन् । गत मंगलबार दिउँसोबाट उनले राष्ट्रिय सभागृह अघि उभिएर सडक व्यापारीहरुको मागमा ऐक्यवद्धता जनाइरहेका छन्
अभियन्ता ईः सँगको भेटपछि थापाले आफूलाई बालेन र अभियन्ता ईः दुवै मनपर्ने भएपनि सडक र फुटपाथ व्यवसायीहरुको व्यवस्थापन हुनुपर्ने बताए । सडक र फुटपाथ रोकेर व्यवसाय गर्न नहुने भए पनि उनीहरुको व्यवस्थापनमा राज्य लाग्नुपर्ने उनले बताए ।
‘मलाई बालेन मनपर्छ । मलाई ई मनपर्छ । ईः ले उठाएका मुद्दा जायज छन्। सडक,फुटपाथमा जथाभावी पसल थाप्न मिल्दैन तर, राज्यले उनीहरूलाई व्यवसायको निम्ति उचित स्थान दिनुपर्छ।यो राज्यको कर्तव्य हो।यो काममा महानगरपालिकाले सहजिकरण गर्नुपर्छ ।’ उनले भनेका छन् ।
चुनाव अघि ‘गरिबको चमेली बोल्दिने कोही छैन’ भन्दै चुनाव जिते पनि चुनावपछि भने गरिबहरुले सडकमा गरिरहेको व्यापारलाई विस्तापित बनाउन खोजेको भन्दै फरक शैलीको अभियान शुरु गरेका हुन् । उनको आन्दोलनलाई अन्य अभियन्ताहरुले समेत साथ दिन थालेका छन् । भने बालेनको कदमबाट पीडित सडक व्यापारीहरु समेत उनको अभियानमा साथ दिन आएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया