काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा समूहको क्रियाकलापलाई सरकारले गम्भीरतापूर्वक लिनुपर्ने बताएको छ ।
नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईले बुधवार दिउँसो बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले विप्लव समूहको क्रियाकलापले राज्यलाई कमजोर बनाउने भन्दै त्यसतर्फ सचेत हुन आग्रह गरेका हुन् ।
विप्लव समूहमा भर्खरका युवाहरु लागेको देख्दा चिन्ता लागेको उनले बताए ।
‘विप्लव समूहमा भर्भराउँदो खालको युवाहरु खटेको देख्दा बढो चिन्ता लागेर आयो, उनीहरु अत्यन्तै गम्भीर ढंगले लागेका छन्’ बताउँदै उनले भने, ‘यदि हामीले ठीक ढंगले बेलैमा विकास र समृद्धिको सपना पूरा गर्न सकेनौं र हामीले जनतालाई सुशासन दिन सकेनौं भने त्यो ज्वाला फेरि फर्केर आउने खतरा देख्छु ।’
उनले थप्दै भने, ‘त्यो बाटो ठीक छैन । अहिलेको दिनमा त्यसले कहिँ पनि पुर्याउँदैन, त्यसमा मलाई कुनै पनि भ्रम छैन, तर उनीहरुले रक्तश्राव गरेर ब्लिडिङ गरेर यो राज्यलाई कमजोर पारिराख्ने सामर्थ्य राख्छन् ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया