लागुऔषधको कारोबार गर्ने गिरोह पक्राउ

पोखरा, ९ कात्तिक – जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको लागुऔषध नियन्त्रण ब्युरोको टोली आज पोखराको पृथ्वीचोकबाट लागुऔषध कारोबार गर्ने आठ जनाको एक गिरोहलाई पक्राउ गर्न सफल भएको छ प्रहरीले उनीहरुका साथबाट एक हजार ५०० थान लागुऔषध बरामद गरेको छ । पक्राउ पर्नेमा भारतको वाफरगञ्जका शिवकुमार निषाद, पोखरा बाझा पाटनका इन्द्रप्रसाद गुरुङ, नागढुंगाका दीपेन क्षेत्री, रानीपौवाका सम्राट् राणा, धादिङ खनियाबासका कल्याण तामाङ र एलिया तामाङ, तनहुँ शुक्ला गण्डकीका मेखबहादुर गुरुङ र स्याङ्जा पुतलीबजारका अजय शाही भएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?