काठमाडौं । नेकपा एमालेको प्रथम बागमती अधिवेशनको बन्दसत्र शुरु भएको छ । बन्दसत्र तोकिएको समयभन्दा केही ढिला गरी शुरु भएको हो ।
प्रतिनिधि विवादका कारण ढिला भएको बन्दसत्रमा सहमतिबाटै नेतृत्व चयनको प्रयास गरिएको छ ।
एमाले केन्द्रीय सदस्यहरू कृष्णप्रसाद दाहाल, कैलाशप्रसाद ढुंगेल, एमालेका पूर्व पोलिटब्युरो सदस्य सानुकुमार श्रेष्ठ, चितवनका एमाले नेता कृष्णभक्त पोखरेल तथा एमालेका वर्तमान प्रदेश अध्यक्ष केशवप्रसाद पाण्डेले नेतृत्वका लागि दाबी गरिरहेका छन् ।
सोमबार पार्टी अध्यक्ष केपी शर्माले अधिवेशनको प्रज्ञा भवन कमलादीमा उद्घाटन गरेका थिए । अधिवेशनले एक अध्यक्ष, एक उपाध्यक्ष, एक सचिव र दुई उपसचिवसहित कुल २४० सदस्यीय कमिटी चयन गर्ने छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया