पूर्वमन्त्री श्रेष्ठ दोषी ठहर

लोकपथ
63
Shares

काठमाडौं। अकुत सम्पत्ति आर्जनमा पूर्वमन्त्री रामकुमार श्रेष्ठ दोषी ठहर भएका छन् । आज सोमबार विशेष अदालतले श्रेष्ठलाई दोषी ठहर गरेको हो ।

श्रेष्ठकी श्रीमती र छोरासमेतलाई प्रतिवादी बनाएर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको थियो ।

अख्तियारले श्रेष्ठविरुद्ध ४ करोड ४५ लाख २७ हजार ६ सय ६६ रुपैयाँ ९८ पैसा बिगो दावी गरेको थियो । यमुना भट्टराई र खुसीप्रसाद थारुको इजलासले श्रेष्ठलाई दोषी ठहर गर्ने फैसला सुनाएको हो ।

पूर्वसचिवसमेत रहेका उनी खिलराज रेग्मी नेतृत्वको सरकारमा पर्यटन, शान्ति तथा खेलकुदमन्त्री बनेका थिए ।

पूर्वसचिव श्रेष्ठ तत्कालीन माओवादीको कोटाबाट खिलराज रेग्मी नेतृत्वको चुनावी सरकारमा २०६९ चैतदेखि २०७० माघसम्म मन्त्री भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?