राजनीतिक ध्रुवीकरणका माध्यमले पार्टीलाई बलियो शक्ति बनाउनुपर्छ : महासचिव पोखरेल

लोकपथ
28
Shares

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेकपा एमालेले राजनीतिक ध्रुवीकरणका माध्यमबाट बलियो राजनीतिक शक्तिका रुपमा आफूलाई सुदृढ गर्न आवश्यक भएको बताएका छन् ।

नेकपा एमाले बागमती प्रदेशको प्रथम अधिवेशनलाई सम्बोधन गर्दै उनले मुलुकलाई अगाडि बढाउन धेरै राजनीतिक दलहरु होइन्, बलिया राजनीतिक दलहरुको आवश्यकता भएको भन्दै त्यसको लागि एमालेले आफूलाई सुदृढ गर्नुपर्ने बताए ।

उनले भने, ‘हामीले २८ जनाभन्दा बढी प्रधानमन्त्रीहरु ब्यहोरेको अवस्थामा एउटा प्रधानमन्त्रीले राम्रोसँग काम गर्न नपाउने अवस्थाबाट आएका छौ । त्यसैले मुलुकलाई अब अगाडि बढाउने हो भने धेरै राजनीतिक दलहरु होइन, बलिया राजनीतिक दलहरुको आवश्यकता छ । त्यस अर्थमा हाम्रो पार्टी नेकपा एमालेले राजनीतिक ध्रुवीकरणका माध्यमबाट बलियो राजनीतिक शक्तिका रुपमा आफूलाई सुदृढ गर्ने अभियानमा जुटिरहेका छौं ।’

उनले नेकपा एमालेले आफूलाई सुदृढ गरेर अगाडि बढ्न सकेन भने नेपाली जनताको अवस्था सुधार हुन नसक्ने भन्दै त्यसको लागि एमाले बलियो हुनुपर्ने बताए ।

यो राष्ट्रलाई विकास र समृद्धिको बाटोमा अगाडि बढाउन राजनीतिक अस्थिरतामाथि विजय हासिल गर्न जरुरी भएको भन्दै त्यसको नेतृत्व एमालेले गर्नुपर्ने बताए ।

विचारको जगमा राष्ट्रव्यापी रुपमा संगठन बनाउने अवसर नपाउँदा, धेरै राजनीतिक दलहरु अस्तित्वमा रहँदा, संसदीय लोकतान्त्रिक प्रणालीभित्र जनमत विभाजित भएको हुँदा राजनीतिक अस्थिरताको चक्रबाट गुज्रिरहेको उनको भनाई छ ।

उनले भने, ‘नेपाली समाजलाई परिवर्तन गर्ने प्रक्रियाको प्रभावकारी ढङ्गले भूकिका निर्वाह गर्न सकेका छैनौँ । विचारको जगमा राष्ट्रव्यापी रुपमा संगठन बनाउने अवसर नपाउँदा, धेरै राजनीतिक दलहरु अस्तित्वमा रहँदा, संसदीय लोकतान्त्रिक प्रणालीभित्र जनमत विभाजित भएको अवस्थामा कुनै पनि दलहरुले बलियो जनाधार प्राप्त गर्न नसक्दा हामी राजनीतिक अस्थिरताको चक्रबाट गुज्रिरहेका छौँ । यो मुलुकलाई आर्थिक संकटबाट बाहिर निकाल्न सक्ने शक्ति नेकपा एमालेमा मात्रै छ ।’

यस्तै, उनले नियोजित तरिकाले नेपालको संस्कृतिमाथि प्रहार गर्ने, जातिका नाममा नेपाली समाजलाई विभाजित गर्ने प्रयास भइरहेको भन्दै एमालेले यसको विरुद्धको आन्दोलनको नेतृत्व गर्नुपर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?