नेपालमा पानीजहाज सञ्चालनसम्बन्धी सम्भाव्यता अध्ययन शुरु

काठमाडौं । नेपालमा पानीजहाज सञ्चालनसम्बन्धी सम्भाव्यता अध्ययन शुरु भएको छ । 

पानीजहाज सञ्चालनसम्बन्धी अध्ययन गर्न मन्त्रालयका विज्ञहरुको टोली नवलपरासीस्थित नारायणी नदी पुगेका हुन् । 

यसअघि प्रधनमन्त्री केपी शर्मा ओलीले काठमाडौंमा पानीजहाज कार्यालयको उद्घाट गरेका थिए ।

कार्यालयको उद्घाटन भएको २० दिनपछि ऊर्जा आयोगका सहसचिव माधव बेल्बासेको नेतृत्वमा आएको १७ सदस्यीय टोलीले अध्ययनका शुरु गरेका हुन् । 

नेपालमा पानीजहाज सञ्चालनको सम्भावना खोज्न गठित जलमार्ग अध्ययन समितिले नेपाल–भारत चल्ने पानीजहाजका विषयमा स्थलगत अध्ययन गरेको छ । 

नेपाल संयोजक माधव बेल्बासे र भारतका प्रवीर पाण्डेको नेतृत्वमा रहेको प्राविधिक टोलीले क्रिवेणीमा संयुक्त रूपमा स्थलगत अध्ययन अवलोकन गरेको हो । 

भारतले गण्डकसम्म पानीजहाज ल्याउने गरी विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) बनाएर काम अगाडी बढाइएको हो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?