कांग्रेस बैठकमा कार्यवाहक प्रधानमन्त्री : शिक्षकका सबै माग सम्बोधन हुन्छ

लोकपथ
77
Shares

ललितपुर । कार्यवाहक प्रधानमन्त्री एवम् रक्षामन्त्री पूर्णबहादुर खड्काले विद्यालय शिक्षा विधेयकमा भएका प्रावधानप्रति असन्तुष्ट शिक्षकसँग भएका सम्झौता कार्यान्यवमा सरकार पूर्ण प्रतिबद्ध रहेको बताएका छन् ।

नेपाली कांग्रेसको केन्द्रीय समिति वैठकको सुरुमा बोल्दै उनले शिक्षकको आन्दोलन र सरकारसँग भएको सहमति तथा कामकारबाहीबारे जानकारी गराउँदै संसद्को मर्यादा, प्रक्रिया र परम्पराभित्र रही सरकार र संसद् मिलेर शिक्षकका सबै मागलाई सम्बोधन गर्ने बताए ।

नेपाल कांग्रेसका उपसभापतिनेन्नुभयो, “देशको संविधानसँग बाँझिने र अर्थतन्त्रले धान्न नसक्नेबाहेक माग सम्बोधन गर्न सकिन्छ भनेर मैले भनेको छु ।”

असन्तुष्ट शिक्षकले सुुरुमा कर्मचारीसँग वार्ता गर्दैनौँ भनेर अडान लिएको र पछि शिक्षामन्त्रीसँग पनि वार्ता गर्दैनौँ भनेपछि उपप्रधानमन्त्रीको नेतृत्वमा वार्ता भएको बताए । “उहाँहरुका असन्तुष्टि वार्तामार्फत सम्बोधन गर्दै उहाँहरुकै मागअनुसार टुङ्गो लगाएका छौँ । उक्त सम्झौताप्रति सरकार पूर्ण प्रतिबद्धता छ”, उनले भने ।

संसद्को मर्यादा, प्रक्रिया र परम्पराभित्र राखेर सरकार र संसद् मिलेर शिक्षकका सबै मागलाई सम्बोधन गर्ने उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?