धनगढी । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले गत साउनमा बलात्कारपछि हत्या भएको कञ्चनकपुरकी १३ वर्षी बालिका निर्मला पन्तको अनुसन्धान जारी रहेको बताएका छन्।
सुदूरपश्चिम प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा सहभागी हुन धनगढी पुगेका गृहमन्त्री बादलले पत्रकारसँगको कुरामा सो कुरा बताएका हुन् ।
उनले भने, ‘यो प्रकारणमा शुरुका अनुसन्धानमा भएको लापारबाहीका कारण अनुसन्धानमा समस्या भएको हो, अहिले अनुसन्धान जारी छ ।’
यसैगरी नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा समूहले देशभर भर सञ्चालन गरिरहेको हिंसात्मक गतिविधिप्रति सरकार गम्भीर रहेको गृहमन्त्री बादलले बताएका छन् ।
विप्लव समूहले देशभर गरेको बम विस्फोटबारे सञ्चारकर्मीहरुले सोधेको प्रश्नको जवाफ दिँदै गृहमन्त्री बादलले यसो भनेका हुन् । ।
‘केही समूहले योबीचमा केही विस्फोटन र ध्वंसात्मक गतिविधि गरेका छन्, यसबारे सरकार गम्भीर छ । यसलाई छिट्टै नियन्त्रण गरिनेछ ।’ उनले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया