दशैँलाई लक्षित गरेर असोज १० गतेबाट ललितपुरमा जुत्ता चप्पल मेला हुँदै

लोकपथ
156
Shares

काठमाडौं । ललितपुुरको जाउलाखेलस्थित खेल मैदानमा बडादशैं ‘जुत्ता चप्पल व्यापार मेला २०८०’ आयोजना हुने भएको छ ।

“नेपाली उत्पादनको प्रवर्द्धन हाम्रो अभियान” भन्ने मुख्य नारासहित नेपालमा जुत्ता चप्पल उत्पादन गर्ने उद्योगी व्यावसायीहरुको समुह स्वदेशमा उत्पादित जुत्ता चप्पलहरुलाई उपभोक्तासामु पुर्याउन उक्त मेला आयोजना गरिएको हो ।

आगामी असोज १० गते देखि कार्तिक ३ गते सम्म उक्त मेला आयोजना हुन लागेको आयोजकले जनाएको छ ।

बडादशैं पर्व लक्षित मेला भएकोले नयाँ नयाँ डिजाईनका जुत्ता चप्पल आकर्षक मुल्यमा उपलब्ध हुनेछन् ।

बिहान ९ बजे देखि बेलुकी ७ बजे सम्म खुल्ला रहने उक्त मेलामा नेपालमा स्थापित चर्चित जुत्ता चप्पल उत्पादक कम्पनी र ब्राण्डहरु रोयल शु इण्डष्ट्रिजको उत्पादन – रोयल शुज, वेश फुटवेयरको उत्पादन – वि.एफ डियर हिल र वि.एफ स्पोर्ट, लालिगुरास फुटवेयरको – क्रस रोड शुज, शुभकामना फुटवेयरको – फस्टवाक शुज, नमस्ते फुटवेयरको – सिल, आर.डि.कलेक्सनको – हाई लाईफ, केटिएम शुजको –केटिएम, डि.जे. शुज कम्पनीको – डि.जे. शुज, फुड फेशनको – वेली शुज, सर अनिल ट्रेड लिंक्सको– उत्सव र कोसेली छाला जुत्ता उद्योगको – कोसेली सुज गरि ११ वटा कम्पनी र ब्राण्डहरुको सहभागिता रहनेछ ।

त्यस्तै मेलामा ३ हजार भन्दा वढि मोडल र डिजाइनका जुत्ताहरु उपलव्ध हुने मेला संयोजक होमनाथ उपाध्यायले जानकारी दिए ।

आर्थिक अभावका कारण कतिपय उद्योगहरु धमाधम बन्द भइरहेको अवस्थामा अर्थतन्त्रलाई गतिशील बनाउने उदेश्यका साथ उक्त मेलाको आयोजना गरिएको उनले बताए ।

‘आर्थिक अभावका कारण कतिपय उद्योगहरु धमाधम वन्द हुदैछन् भने उद्योगी व्यावसायीहरुले आत्महत्याको निर्मम बाटो रोज्न थालेका छन् । यस्तो विषम परिस्थितिमा उद्योगी व्यावसायीहरुको मस्तिष्कलाई सकारात्मक बनाउदै देशको अर्थतन्त्रलाई गतिशिल र चलायमान बनाउनका निमित्त पनि केही न केही गतिविधिहरु निरन्तर गरि रहन आवश्यक हुन्छ । हामी यतिबेला यही अभियानमा लागिरहेका छौं ।’ उनले भने ।

स्वदेशी उत्पादनलाई माया गर्ने र स्वदेशी उत्पादनको प्रयोग गर्नाले देशमा स्थापित उद्योगको अवस्थामा सुधार हुने र त्यसमा राष्ट्रियता समेत जोडिने उनको तर्क रहेको छ ।

देशलाई आत्मनिर्भर बनाउने र बढि भएको उत्पादन निर्यात गरेर मात्र देशलाई सम्वृद्ध बनाउन सकिने उनले बताए ।

‘स्वदेशी उत्पादनलाई माया गर्ने, स्वदेशी उत्पादन मात्र प्रयोग गर्ने भावनाको विकास आम उपभोक्ता र सवै नेपालीहरुमा हुने हो भने देशमा सवै प्रकारका उद्योगहरु खुल्न सक्ने वातावरण बन्न सक्छ । देश औद्योगिकिकरणको बाटोमा अगाडी बढ्रन सक्छ । औद्योगिकिकरणको माध्यमबाट मात्र देशलाई सम्वृद्ध बनाउन सकिन्छ । व्यापक रुपमा रोजगारीका अवसरहरु सिर्जना हुन सक्छ ।’ उनले भने, ‘उद्योग संचालन गर्नकालागि उत्पादित वस्तु विक्नु पर्दछ ,कम्तीमा उद्योगीहरु र उद्योग बाच्नु पर्दछ । यसकालागि नेपाली उपभोक्ताले स्वदेशमा नै उत्पादित वस्तु प्रयोग गर्ने वानी वसाल्नु पर्दछ । पहिले त देशलाई आत्म निर्भर बनाउनु प¥यो त्यसपछि बढि भएको उत्पादन निर्यात गरेर देशलाई सम्वृद्ध बनाउन सकिन्छ । स्वदेशी उत्पादन प्रयोग गरि राष्ट्रि«यताको भावनाको विकास गराउने कार्य सञ्चार क्षेत्रले मात्र गर्न सक्ने भएकाले यो भुमिकामा यहाँहरुको सहयोगको सधैं अपेक्षा हामीले गरि रहनेछौं ।’

उक्त मेलामा प्रवेश निशुल्क रहेको उनले बताए । दशैँ तिहार लगायत चाडपर्व लक्षित गरेर हरेक वर्ष जुत्तचप्पल मेला हुँदै आइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?