बागमती प्रदेश कमिटिको अध्यक्षमा मेरो दाबी स्वतः रहन्छ– पाण्डे (भिडियाेसहित)

लोकपथ
130
Shares

काठमाडौं । नेकपा एमाले बागमती प्रदेश कमिटिको नेतृत्वमा आफू फेरि दोहोरिने अध्यक्ष केशवराज पाण्डेले बताएका छन् । लोकपथसँग भिडियो कुराकानी गर्दै अध्यक्ष पाण्डेले नेकपा एमाले बागमती प्रदेश कमिटिको अध्यक्षमा आफ्नो स्वतः दाबी रहने बताएका हुन् ।

एमाले बागमती प्रदेशको पहिलो अधिवेशन आजबाट काठमाडौंमा शुरु भएको छ । अधिवेशनको उद्घाटन पार्टी अध्यक्ष केपी शर्मा ओलीले गरेका छन् ।

यतिबेला एमाले बागमती प्रदेश कमिटिको अध्यक्षका लागि पाण्डेसहित चारजनाले आकांक्षा देखाएका छन् । जसमा केन्द्रीय सदस्यहरू रामेछापका कैलाश ढुंगेल, मकवानपुरका कृष्ण दाहाल, चितवनका कृष्णभक्त पोखरेल र काठमाडौँका सानुकुमार श्रेष्ठ दाबेदारका रूपमा अघि आएका छन् ।

पाण्डे नेकपा विभाजनसँगै दुई वर्ष अघि तदर्थ समितिको अध्यक्ष भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?