ज्ञानेन्द्र शाहको तराई भ्रमण स्थगित

काटमाठौं । पूर्व राजा ज्ञानेन्द्र शाहको तराई भ्रमण स्थगित भएको छ । 

पूर्व मुमा बहामहारानी रत्न शाह अस्पताल भर्ना भएपछि पूर्व राजा ज्ञानेन्द्र शाहको तराई भ्रमण स्थगित भएको हो । 

आज (बुधवार)बाट धनुषा, सर्लाही, उदयपुर र सप्तरी जिल्लाको भ्रमण गर्ने तय भएको थियो । 

गत एक सातादेखि रुघा, खोकीलगायतका कारणले अस्वस्थ्य रहेकी ९१ वर्षीया मुमाको उपचारमा डा. खगेन्द्रबहादुर श्रेष्ठ, डा. मृगेन्द्रराज पाण्डे, डा. मधु घिमिरे र डा. ब्रजेन्द्र श्रीबास्तव उपचारमा संलग्न छन् । 

मुमाको स्वास्थ्यमा समस्या देखिएपछि आजै थापाथलीस्थिति नर्भिक अस्पतालमा भर्ना भएपछि पूर्व राजा शाह काठमाडौं फर्किनु परेको हुँदा हाललाई तराई भ्रमण स्थगित गर्नुपरेको सूचना प्रकाशित गरी जानकारी दिइएको छ ।

भ्रमणबारे अर्को सूचना प्रकाशित गरिने छ । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?