महङ्गीप्रति सरकारको ध्यान गएन : नेत्री प्रसाईं

लोकपथ
21
Shares

काठमाडौं । नेपाली कांग्रेसककी केन्द्रीय सदस्य सरिता प्रसाईंले दिनदिन बढ्दै गएको महङ्गीप्रति सरकारले ध्यान नदिएको भन्दै विरोध गरेकी छिन् । नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा उनले जनताले पाएको दु:खका विषयमा सरकारको ध्यान जानुपर्नेमा जोड दिइन् ।

केन्द्रीय सदस्य प्रसाईंले भनिन्, महङ्गी यस्तो बढेको छ, जनताले थेग्न सक्ने अवस्था छैन । सरकार के हेरेर बसेको छ ? जनताले सरकार भएनभएको महशुस गर्न पाएका छैनन् ।’

नेकपा(माओवादी केन्द्र)का अध्यक्ष प्रधानमन्त्री भए पनि कांग्रेस पनि सरकारमा रहेकाले पार्टीले जवाफ दिनुपर्नेमा उनको जोड थियो । उनले व्यवसायी र उपभोक्तका पक्षमा कसले बोलिदिने भन्दै पार्टीलाई प्रश्न गरिन ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?