राजनीतिमा प्रवेश गरेपछि ताली र गाली दुवै स्वीकार्नुपर्छ : उपसभापति खड्का

लोकपथ
266
Shares

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले राजनीतिमा प्रवेश गरेपछि ताली र गाली दुवै स्वीकार्नुपर्ने बताएका छन् । उनले पार्टीका कार्यकर्ताहरूले पूरा कुरा नसुनी प्रश्न गरेको भन्दै धैर्यताका साथ सुनेर प्रश्न गर्न आग्रहसमेत गरे ।

सोमबार नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठकमा उपसभापति खड्काले आफू राजनीतिमा लाग्दा ताली र गालीलाई ग्रहण गर्छु भनेर स्वीकारेको बताए ।

उनले भने, ‘राजनीतिक जीवनमा प्रवेश गर्दा ताली र गाली दुवै कुरालाईई स्वीकार गरेको छु । सबै कुरालाई स्वीकार्नुपर्छ र जवाफ दिनुपर्छ । स्पष्ट पार्नुपर्छ ।’

उपसभापति खड्काले पार्टीका कार्यकर्ताहरूले पूरा कुरा सुन्नुपर्नेमा जोड दिँदै आधा कुरा सुनेर आक्रोशित नहुन आग्रह समेत गरे । शिक्षकहरूको आन्दोलनलार्ई जुन हदसम्म सहमति गर्न सकिन्थ्यो त्यो गरेको उनको भनाइ छ ।

उपसभापति खड्काले अब संसद्को  प्रकृयामा जाँदा सरकारकातर्फबाट दलको प्रमख सचेतकसँग छलफल गर्ने र संसद्मा समावेश गर्ने बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?