नेपाल र चीनबीच १२ बुँदे समझदारीपत्रमा हस्ताक्षर

लोकपथ
77
Shares

काठमाडौं । मित्रराष्ट्र चीन र नेपालबीच विभिन्न १२ बुँदे समझदारीमा हस्ताक्षर भएको छ ।

सोमबार प्रधानमन्त्री प्रचण्ड र चिनियाँ समकक्षी ली छ्याङबीचको उपस्थितीमा नेपाल र चीनका सरकारी अधिकारीबीहरुले १२ बुँदे समझादारी र एउटा समझदारीपत्र आदान प्रदान भएको हो ।

उक्त समझदारी पत्रमा नेपाली राजदूत विष्णुपुकार श्रेष्ठ र चिनियाँ अधिकारीले नेपालका उत्तर क्षेत्रमा उत्पादकत्व वृद्धि र डिजिटल अर्थतन्त्र सहकार्य लगायतका सम्झौता आदानप्रदान भएको हो ।

त्यस्तै वाणिज्य तथा आपूर्ती सचिव मधुकुमार मरासिनी र चिनियाँ अधिकारीबीच संयुक्त प्राविधिक कार्यसमूह निर्माणसम्बन्धि सम्झौता आदानप्रदान भएको हो ।
उक्त सम्झौता र समझदारी पत्रमा कृषि, विज्ञान तथा प्रविधि, सञ्चार र व्यापारसँग सम्बन्धित रहेका छन् ।

चीन भ्रमणमा रहेका प्रधानमन्त्री प्रचण्ड र चिनियाँ समकक्षी छ्याङबीच भेटवार्ता भएको थियो ।

उनीहरुबीच आज बिहान चीनको राजधानी बेइजिङस्थित ग्रेट हल अफ द पिपुलमा भेटवार्ता भएको हो ।

भेटमा बीआरआई सम्बन्धी सम्झौता कार्यान्वयन, व्यापारिक सन्धि पुनरावलोकनका साथै ऊर्जा, कृषि, सूचना प्रविधि लगायतका विषयमा छलफल भएको थियो ।

उक्त छलफलपछि केही सहमति पत्रमा दुवै देशका अधिकारीहरुबीच हस्ताक्षर गर्ने कार्यक्रम रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?