मलंगवामा आशिंकरुपमा कर्फ्यु हट्यो, निषेधाज्ञा जारी

लोकपथ
42
Shares

सर्लाही । सर्लाहीको मलंगवामा जारी अनिश्चितकालीन कर्फ्यु हटाइएको छ ।

जिल्ला प्रशासन कार्यालय सर्लाहीमा आज बसेको सर्वदलीय बैठकले राति मात्र कर्फ्यु कायम राख्ने र दिन लगाइएको कर्फ्यु हटाउने निर्णय गरेको जिल्ला प्रशासन कार्यालय सर्लाहीले जनाएको छ ।

बैठकले राति ८ बजेदेखि ४ बजेसम्म मात्र कर्फ्यू कायम राख्ने र दिउँसोको कर्फ्यू हटे पनि निषेधाज्ञा जारी राख्ने निर्णय गरेको छ ।

कृष्ण जन्माष्टमी र गणेश चतुर्दशीमा मूर्ति सेलाउने क्रममा दुई समुदायबीच विवाद हुँदा विभिन्न ठाउँमा झडप भएको थियो । सो झडपका कारण स्थानीय प्रशासनले कर्फ्यु लगाएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?