रुपन्देही । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आज रुपन्देहीमा शक्ति प्रदर्शन गर्ने भएको छ ।
फागुन १५ गते ताप्लेजुङबाट शुरु गरेको राष्ट्रिय स्वाभिमान मेची महाकाली अभियान अन्तर्गत आज (बुधवार) दिउँसो १ बजे राप्रपाले रुपन्देहीको भैरहवामा शक्ति प्रदर्शन गर्न लागेको हो ।
धर्म निरपेक्षताको खारेजी र धार्मिक स्वतन्त्रतासहितको हिन्दु राष्ट्रको माग गर्दै देशव्यापी १५ दिने अभियानमा रहेको राप्रपाले आज आठौँ दिन रुपन्देहीको भैरहवामा शक्ति प्रदर्शन गर्न लागेको हो ।
सो कार्यक्रममा पार्टी अध्यक्ष कमल थापासहित शीर्ष नेताले सम्बोधन गर्ने महामन्त्री राजेन्द्र लिङदेनले जानकारी दिए ।
यसअघि झापाको विर्तामोडमा शक्ति प्रर्दशन गरेको राप्रपाले आज भैरहवामा शक्ति प्रदर्शनपछि राप्रपाले रुपन्देही, कपिलवस्तु र नवलपरासीका विभिन्न स्थानमा सभाको आयोजना गर्ने लिङदेनले जानकारी दिए ।
राजसंस्था सहितको सबै शक्तिहरु अटाउने, नेपाली संस्कृतिको मौलिक प्रजातन्त्र कायम गर्न गोलमेच सम्मेलनको माग गर्दै राप्रपाले थालेको १५ दिने अभियान यही फागुन ३० गते काठमाडौंमा सकिनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया