काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरुद्ध परेको अदालतको अपहेलना मुद्दाको सुनुवाइ सकिएको छ ।
आज सर्वोच्चका न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र कुमार रेग्मीको इजलासले ७ वर्ष पुरानो मुद्दाको अन्तिम सुनुवाइ गर्दै मंसिर २८ गते निर्णय सुनाउने मिति तोकिएको छ ।
द्धन्दकालिन मुद्दामा प्रचण्डले २०७३ साल वैशाखमा एक विवादास्पद अभिव्यक्ति दिएका थिए । उनको अभिव्यक्तिले अदालतको अवहेलना भएको भन्दै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले सर्वोच्चमा मुद्दा दायर गरेका थिए ।
उनीमाथिको आरोप ठहर भएमा कैद वा जरिवानाको प्रस्तावसहित उनलाई माफी माग्ने अवसर हुन सक्नेछ भने आरोप पुष्टि नभएमा निवेदन खारेज हुने बताइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया