भक्तपुरमा पूर्वराजा शाहलाई भव्य स्वागत

लोकपथ
84
Shares

काठमाडौं । आइतबार पूर्वराजा ज्ञानेन्द्र शाहलाई भक्तपुरवासीले भव्य स्वागत गरेका छन् ।

भक्तपुरवासीको निमन्त्रणामा पूर्वराजा शाह भक्तपुर पुगेका हुन् ।

घन्टौं अगाडिदेखि शाहको प्रतिक्षा गरेका स्थानीयहरूले उनलाई नेपालको राष्ट्रिय झण्डासहित स्वागत गरेका थिए ।

स्थानीयले हाम्रो राजा हाम्रो देश प्राणभन्दा प्यारो छ’, ‘राजसंस्था जिन्दावाद’, ‘राजा आऊ देश बचाऊ’ ‘जनता आऊ राजा ल्याऊ’ जस्ता नारा लगाएर राजसंस्थाको पक्षमा नाराबाजी समेत गरेका थिए ।

पूर्वराजा शाहले भक्तपुर दरबार क्षेत्रको अवलोकन गर्नुका साथै तलेजु भवानीको दर्शन गर्ने कार्यक्रम रहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?