२ आश्विन २०७८, शनिवार

टानको नेतृत्वका लागि दुई समूहबीच प्रतिस्पर्धा , यस्तो छ प्यानल

२०७४,कार्तिक,९,बिहीवार १५:३३


काठमाडौँ, ९ कात्तिक –  ट्रेकिङ व्यवसायीको छाता संगठन ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) को आगामी नेतृत्वका लागि दुई समूहबीच प्रतिस्पर्धा हुने भएको छ ।  यही १२ गते हुने टानको निर्वाचनका लागि अध्यक्षको प्रत्यासीका रुपमा टानका पूर्वमहासचिवद्वय मोहन लम्साल र नवराज दाहालको समूहले आज उम्मेदवारी दर्ता गराएको हो लम्साल समूहको वरिष्ठ उपाध्यक्षमा खुमबहादुर सुवेदी, प्रथम उपाध्यक्षमा बाबुकाजी सिटौला, द्वितीय उपाध्यक्षमा निलहरि बास्तोला, महासचिवमा चेवन देवकोटा, सचिवमा चोलेन्द्रबहादुर कार्की, कोषाध्यक्षमा सुवास केसी र सहकोषाध्यक्षमा किरण धरेलले मनोनयन दर्ता गराएका छन् सोही समूहको कार्यसमिति सदस्यमा शेरबहादुर परियार, तपनराज भण्डारी, लाम्गेल जांग्बु शेर्पा, जंगबहादुर लामा, आङबाबु शेर्पा, रितु ग्याङ्देम, सूर्यबहादुर थापा, कूलप्रसाद सुवेदी र सरोज कट्टेलको उम्मेदवारी परेको छ यता दाहाल समूहको वरिष्ठ उपाध्यक्षमा पूर्णचन्द्र भुसाल, प्रथम उपाध्यक्षमा जीवन थापामगर, द्वितीय उपाध्यक्षमा ऋषिप्रसाद नेपाल, महासचिवमा आङपेम्बा शेर्पा, सचिवमा सुजन लामिछाने, कोषाध्यक्षमा रामकृष्ण तिमल्सिना र सहकोषाध्यक्षमा तारा लामाको उम्मेदवारी परेको छ । दाहाल समूहको कार्यसमिति सदस्यमा राजनप्रसाद काप्री, जीवन लामा, रवीन्द्र अधिकारी, सुकबहादुर लामा, हर्कबहादुर गुरुङ, बाबुराम गुरुङ, हरिशरण खरेल, गोपाल श्रेष्ठ र रामबहादुर खड्का रहेका छन् लम्साललाई नेपाली काँग्रेस निकट राष्ट्रिय पर्यटन व्यवसायी संघ (निट), नेपाल लोकतान्त्रिक पर्यटन व्यवसायी संघ, नयाँ शक्ति निकट पर्यटन व्यवसायी र स्वतन्त्र पर्यटन व्यवसायीको समर्थन रहेको छ भने दाहाललाई माओवादी केन्द्र र नेकपा (एमाले) निकट पर्यटन व्यवसायी तथा शेर्पा समूहको समर्थन रहेको छ टान नेतृत्वका लागि सर्वसम्मत गराउने अन्तिमसम्मको प्रयास पनि विफल भएकाले अब दुई समूहबीच चुनावी प्रतिस्पर्धाबाट नेतृत्व चयन हुने टानका अध्यक्ष चन्द्र रिजालले बताए जम्मा एक हजार १८६ मतदाता रहेको टानको निर्वाचनले अध्यक्षसहित २५ सदस्यीय नयाँ कार्यसमिति चयन गर्नेछ ।

प्रकाशित मिति: २०७४,कार्तिक,९,बिहीवार १५:३३

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

अहिले ‘टुरिष्ट हब’को रूपमा विकसित झकिझकाउ ठमेल पहिले कस्तो थियो होला ? आम युवापुस्ताको यही जिज्ञासा मेट्न हामी रंगिन ठमेलमा

काठमाडौं । नेपालले मध्यपूर्वी एशियाको उदियमान पर्यटकीय गन्तव्य मुलुक मलेसियासँग पर्यटन प्रर्वद्धनका लागि सहकार्य गर्ने भएको छ । दुई देशबीच पर्यटन

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलको अहिलेसम्मको प्रगतिबारे जानकारी लिएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका

पोखरा । आङ फुर्वा शेर्पाले हिमाल आरोहणको अनुभव बटुल्न थालेको १४ वर्ष भयो । उनीसँग विश्वको अग्लो हिमाल सगरमाथा १०

ताजा समाचार

अट्टाहस
 २०७८,आश्विन,२,शनिवार १५:२२
रुकुमपूर्वमा नयाँ ट्रयाक खोलियो
 २०७८,आश्विन,२,शनिवार १५:०४
अफगानिस्तानमा खुल्न थाले विद्यालय
 २०७८,आश्विन,२,शनिवार १४:४९
आँधीका कारण जापानका ४९ उडान रद्ध
 २०७८,आश्विन,२,शनिवार १४:४७
जनगणनाका लागि सुपरीवेक्षक गाउँ-गाउँमा
 २०७८,आश्विन,२,शनिवार १४:२७