सडक व्यापारीको पक्षमा अभियन्ता ईः : निरन्तर उभिएर बालेनको विरोध (फोटोफिचर)

लोकपथ
195
Shares

काठमाडौं । अभियन्ता ईः ले सडक व्यापारीहरुको पक्षमा फरक शैलीमा विरोध गरिरहेका छन् ।

अभियन्ता ईः ले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह बालेन र उपमेयर सुनिता डंगोलको कदमविरुद्ध उभिएर विरोध गरिरहेका छन् ।

गत मंगलबार दिउँसोबाट उनले राष्ट्रिय सभागृह अघि उभिएर सडक व्यापारीहरुको मागमा ऐक्यवद्धता जनाइरहेका छन् ।

चुनाव अघि ‘गरिबको चमेली बोल्दिने कोही छैन’ भन्दै चुनाव जिते पनि चुनावपछि भने गरिबहरुले सडकमा गरिरहेको व्यापारलाई विस्तापित बनाउन खोजेको भन्दै फरक शैलीको अभियान शुरु गरेका हुन् । उनको आन्दोलनलाई अन्य अभियन्ताहरुले समेत साथ दिन थालेका छन् । भने बालेनको कदमबाट पीडित सडक व्यापारीहरु समेत उनको अभियानमा साथ दिन आएका छन् ।

बालेनले गरेका अन्य कामको समर्थन गरे पनि शहर गरिबको पनि हो भन्ने बालेनले बुझ्नुपर्ने बताए । लामो समय उभिएका कारण उनको खुट्टाहरु सुनिएको छ । उनी राति ५ घण्टा कुर्सीमा निदाउने गरेका छन् भने बाँकी समय भने उभिएरै विरोध गरिरहेका छन् ।

आइतबार सडक व्यापारीहरुले ‘गरि खान देउ’, गरीब होइन गरीबी हटाउ’, ‘हाम्रो चिनारी क्रुुरता कि करुणा’, ‘मानवता, समानुभुति र जवाफदेहीता नभएको युवा नेतृत्व अरुभन्दा कसरी फरक भयो ?’ लगायतका पम्पलेटसहित विरोध सांकेतिक विरोध गरेका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?