भ्रष्टाचार उन्मूलन गरिदिने काम अख्तियारको हैन : मन्त्री शर्मा

लोकपथ
70
Shares

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको काम भ्रष्टाचार उन्मूलन गरिदिने नभएको बताएकी छिन ।

आइतबार संघीय संसद् प्रतिनिधिसभा अन्तरगतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा उनले मुलुकमा भ्रष्टाचार नियन्त्रणका लागि बाध्यकारी कानुन निर्माण गर्न आवश्यक रहेको बताएकी हुन् ।

‘अख्तियारले नै भ्रष्टाचार उन्मूलन गरिदिन्छ भन्ने हैन । उसले भ्रष्टाचारका कारणहरू खोजी गर्ने हो । सिफारिस गर्ने हो । कानुन राम्रो र बाध्यकारी भयो भने धेरै कुरा नियन्त्रण हुन्छ ।’

आयोगले भ्रष्टाचारका काण्डहरू खोजी दिने, कारबाहीका लागि सरकारलाई सिफारिस गरिदिने उल्लेख गर्दै त्यसलाई नियन्त्रण गर्ने काम सरकारकै भएको उनको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?