सुन तस्करी प्रकरण : सर्वदलीय बैठकद्वारा जाँचबुझ आयोग कार्यादेशको मस्यौदा तयार

लोकपथ
77
Shares

काठमाडौं । सुन तस्करी प्रकरणमा सर्वदलीय बैठकद्वारा उच्चस्तरीय जाँचबुझ आयोगको कार्यादेशबारे प्रस्ताव तयार भएको छ । यसबारे नेकपा एमालेसँग छलफल गरेर आइतबार नै आयोग गठन गर्ने दलहरुको तयारी रहेको छ ।

भेप र ब्रेक शुमार्फत भएको सुन तस्करीलाई लिएर प्रमुख प्रतिपक्षी दल एमालेले निरन्तर संसद अवरुद्ध गरेपछि दलहरुबीच ५ असोजभित्र उच्चस्तरीय जाँचबुझ आयोग बनाउने सहमति भएको थियो । तर आयोगको कार्यादेशबारे दलहरुबीच सहमति नहुँदा आयोग गठनमा ढिलाइ भएको थियो ।

आइतबार कार्यबाहक प्रधानमन्त्री पूर्णबहादुर खड्काको कार्यकक्षमा एमाले बाहेकका दलहरुबीच छलफल भएको छ ।

अहिले सरकारका प्रतिनिधि र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेताहरुबीच गृह मन्त्रालयमा छलफल सुरु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?