काठमाडौं । दक्षिणी स्पेनमा भएको एक घटनाले यतिबेला सारा विश्वको ध्यान तानेको छ । अल्मेन्ड्रालेहो सहरमा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को प्रयोग गरी किशोरीहरुको नग्न तस्बिर सामाजिक सञ्जालहरुमा अपलोड भएसँगै विश्व नै सशंकित बनिरहेको छ ।
सार्वजनिक गरिएका किशोरीहरुको तस्बिर उनीहरुको सामाजिक सञ्जालबाट लिइएको प्रहरीको अन्सन्धानबाट खुलेको छ । किशोरीहरुले आफ्नो सामाजिक सञ्जालमा अपलोड गरेको फोटोलाई एआइको सहयोग मार्फत नग्न बनाइएको प्रहरीको निष्कर्ष छ । हालसम्म ११ र १७ वर्षका २० भन्दा बढी किशोरीहरु एआई प्रयोगको शिकार बनेका छन् ।
एक १४ वषीएया किशोरीकी आमा भन्छिन्, ‘एक दिन मेरी छोरी स्कूलबाट बाहिर आइन् र उनले भनिन् आमा त्यहाँ मेरो टपलेस फोटोहरू छन् ।’

‘त्यसपछि मैले छोरीलाई सोधेँ किन आफ्नो नग्न फोटो खिचेको भनेर सोध्दा उनले आफूले त्यस्तो फोटो नखिचेको र आफ्ना कक्षाका अन्य केटीहरुको पनि यस्तै फोटो बाहिरिएको छोरीले जवाफ दिइन्,’ १४ वर्षीया किशोरीको आमा थप्छिन् ।
प्रहरीले हाल घटनाको बारेमा अनुसन्धान गरिरहेको बताएको छ । तस्बिरहरू सिर्जना गर्ने वा ह्वाट्सएप र टेलिग्राम एपहरू मार्फत तिनीहरूको प्रसारणमा संलग्न भएको आरोपमा हाल ११ जना युवकहरुलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

स्पेनमा यस्तो घटना समाचार बनेको यो पहिलो पटक भने होइन। यस वर्षको सुरुमा, एआईले गायक रोजालियाको टपलेस तस्बिरहरु सोशल मिडियामा पोस्ट गरिएको थियो।
एआई अर्थात् आर्टिफिसियल इन्टेलिजेन्स र एआई आधारित रोबोटका बारेमा धेरै विज्ञहरूको राय निरन्तर चर्चामा आइरहेका छन् । कसैले यसलाई मानव भविष्यका लागि खतरा भनेका छन् भने कसैले रोजगारी गुम्ने खतरा औल्याएका छन् ।
यसअघि १००० विज्ञहरूको समूहले एआईको विकास तत्काल रोक्न चेतावनीसमेत दिएका थिए । अर्बपति र ट्विटरका मालिक एलोन मस्कलेपनि एआईको बारेमा चिन्ता व्यक्त गर्दै यसलाई रोक्न माग गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया