रहेनन् नेता गणेश पण्डित

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता तथा पूर्वसांसद गणेश पण्डितको मंगलवार ७२ वर्षको उमेरमा निधन भएको छ ।

पूर्वसांसद पण्डितको हृदयघातबाट निधन भएको हो । 

आइतवारमात्र भरतमोहन अधिकारीको पार्थिव शरीरमा श्रद्धाञ्जली दिएर फर्किएका पण्डितको हृदयघातपछि उपचारका लागि काठमाडौं ल्याउँदै गर्दा बाटोमै निधन भएको नेकपाले जनाएको छ ।

पण्डित नुवाकोटको कविलास महादेव मन्दिरको गुफामा जाने क्रममा हृदयघात भएको पारिवारिक श्रोतले जनाएको छ । पण्डित २०४८ सालको निर्वाचनमा नुवाकोटबाट कांग्रेस नेता रामशरण महतलाई पराजित गरेर सांसद बनेका थिए ।

कांग्रेस नेता अर्जुन नरसिंह केसी पण्डितका भान्जा हुन् । पण्डितका तीन छोरा,तीन छोरी र श्रमिती छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?