काठमाडौं। गैरआवासीय नेपाली संघ, क्यालिफोर्निया च्याप्टरले क्यालिफोर्निया राज्यमा कन्सुलर कार्यालय स्थापना गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग माग गरेको छ।
संयुक्त राष्ट्र सङ्घको महासभामा भाग लिन न्यूयोर्क पुगेका प्रधानमन्त्री प्रचण्डलाई क्यालिफोर्निया च्याप्टरले अनुरोध पत्र बुझाउँदै एक लाख नेपाली रहेको सो ठाउँमा यथाशीघ्र कन्सुलर कार्यालय स्थापनाको माग गरेको हो।
क्यालिफोर्निया च्याप्टर अध्यक्ष हरिप्रसाद ओझा र सचिव कोपिला अधिकारीद्वारा हस्ताक्षरित अनुरोध पत्र बोर्ड अफ डाइरेक्टर जनकराज ढुङ्गानाले न्युयोर्क पुगेर बुधबार प्रधानमन्त्रीलाई बुझाएका हुन्।
प्रधानमन्त्रीलाई अनुरोध पत्र बुझाएका ढुङ्गानाले प्रधानमन्त्री एनआनरएनहरुको मागप्रति सकारात्मक भएको बताए ।
प्रधानमन्त्रीलाई बुझाइएको अनुरोध पत्रमा क्यालिफोर्निया राज्यमा करिब एक लाख नेपालीहरूको बसोबास भएको र अत्यावश्यक कामको लागि नेपालीहरूलाई कठिनाइ भएको स्मरण गराउँदै कन्सुलर कार्यालय शीघ्र स्थापनाको माग गरिएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया