काठमाडौं । बुधबार ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा निधन भएका दिवंगत पर्यटनमन्त्री रवीन्द्र अधिकारीकी पत्नी विद्या भट्टराईले दुःखद घडीमा परिवारप्रति देखाएको माया र सम्मानका लागि सबैलाई अभार व्यक्त गरेकी छन् ।
अधिकारीको सोमबार ७ दिनमा काजकिरिया एवम श्रद्धान्जली सभामा परिवारको तर्फबाट रवीन्द्र पत्नी विद्याले छोटो सम्बोधन गरेकी हुन् ।
अहिले आफ्नो परिवारले मात्र नभई सिंगो देशले रवीन्द्रको अभाव व्यहोरेको महसुस भएको उनले बताइन् । उनले भनिन्, देश, पार्टी र आम जनसमुदायको ढाडसले गर्दा यहाँहरुको अगाडि उभिरहेको छु र बोलिरहेको छु’ ।
उनले ‘रवीन्द्र स्मृति प्रतिष्ठान’ बनाउने सोच परिवारले बनाएको भन्दै पार्टी र नेताहरुसँग सरसललाह गरेर बाँकी काम अगाडि बढाउने प्रतिवद्धता जनाइन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया