१३ मङ्सिर २०८०, बुधबार

कुलमानले गर्ने अर्को जनप्रिय सम्झौता

२०७४,कार्तिक,९,बिहीवार १५:२९

0
Shares

काठमाडौँ, ९ कात्तिक – नेपाल विद्युत् प्राधिकरणले आगामी हिउँदको विद्युत् माग व्यवस्थापनका लागि टनकपुर नाकाबाट थप पाँच मेगावाट विद्युत् आयात गर्ने भएको छ गत वर्ष सोही नाकाबाट ३५ मेगावाट प्राधिकरणले विद्युत् आयात गर्दै आएको थियो । यो हिउँदमा थप पाँच मेगावाट गरी कूल ४० मेगावाट विद्युत् सो नाकाबाट आयात गर्न लागिएको हो विद्युत् आयातसम्बन्धी द्विपक्षीय सम्झौतामा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र भारतको पावर टे«ड कर्पोरेशन (पिटिसि) इन्डियाका तर्फबाट डा राजीवकुमार मिश्राले हस्ताक्षर गरे प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीका अनुसार सम्झौता यही कात्तिक १५ बाट लागू भई आगामी जेठमा सकिनेछ । यो पुरानै सम्झौताको नवीकरण भएको उनको भनाइ छ सम्झौताअनुसार प्राधिकरणले पिटिसीसँग प्रतियुनिट भारु ३.४४ मा विद्युत् खरिद गर्नेछ टनकपुर नाकाबाट ४० मेगावाटसम्म विद्युत् आयात हुँदा सुक्खा याममा सुदूरपश्चिमको माग व्यवस्थापन गर्न सहज हुने प्राधिकरणको भनाइ छ यस्तै टनकपुरमा नै १०० एपभीएको ट्रान्सफर्मर राखेर थप ४० मेगावाट विद्युत् आयात गर्ने सम्बन्धमा छलफल गर्न प्राधिकरणको उच्च नेतृत्व शुक्रबार भारतको राजधानी नयाँ दिल्ली प्रस्थान गर्ने भएको छ सो टोलीमा प्राधिकरणका कार्यकारी निर्देशक घिसिङ, प्रवक्ता अधिकारी र उपकार्यकारी निर्देशक लेखनाथ कोइराला छन् ।

प्रकाशित मिति: २०७४,कार्तिक,९,बिहीवार १५:२९

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । भूकम्प प्रभावित क्षेत्र पुन: निर्माणका लागि १८ करोड ९१ लाखभन्दा बढी रकम जम्मा भएको छ । कात्तिक १७

काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले ३० हजार क्विन्टल धान खरिद गरेको छ । कम्पनिले पश्चिम तराईका ४ वटा

काठमाडौं । सरकारले ऋण नैं ऋणको भारी बोकेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार सरकारको टाउकोमा चालु आर्थिक बर्षको

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । बुधबार छापावाल सुनको मूल्य तोलामा १ लाख १९ हजार ३००

ताजा समाचार

ट्याक्टरबाट लडेर एक जनाको मृत्यु
 २०८०,मङ्सिर,१३,बुधबार १६:५८