काठमाडाैं ।राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले जेरियाटिक मेडिसिन विषयमा एक वर्षे फेलोसिप कार्यक्रम सञ्चालन गर्ने भएको छ । जसका लागि प्रतिष्ठानले शुक्रबार विशेषज्ञहरु सम्मिलित समितिमार्फत तयार गरिएको पाठ्यक्रमको विषयमा जानकारी गराएको छ ।
काठमाडौंमा भएको उक्त कार्यक्रम विश्व स्वास्थ्य संगठन नेपालको प्राविधिक तथा आर्थिक सहयोगमा सम्पन्न भएको हो । कार्यक्रममा प्रमुख अतिथिको रुपमा मन्तव्य राख्दै माननीय स्वास्थ्य तथा जनसंख्या मन्त्री तथा प्रतिष्ठानका सहकुलपति मोहनबहादुर बस्नेतले जेरियाट्रिक विधालाई अगाडि बढाउनका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले पाठ्यक्रम नै बनाएर अगाडि बढ्नु राम्रो कामको सुरुवात भएको बताए ।
कार्यक्रममा विशिष्ठ अतिथिको रहेका राष्ट्रिय योजना आयोगका सदस्य डा. आरपी बिच्छाले देशको जनसंख्याको कुल १० प्रतिशत जेष्ठ नागरिक भएको तथ्यांक सुनाउदै उनीहरुको स्वास्थ्य र हेरचाहका लागि राज्यले दीर्घकालिन नीति आवश्यक रहेको बताए ।
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. विकाश लामिछानेले प्रतिष्ठानले नेपालमा पहिलो पटक स्नातकोत्तर तहमा एमडी गरेकालाई एक वर्षको जेरियाट्रिक मेडिसिनमा फेलोसिप कार्यक्रम सुरु गर्न लागेको बताए । जेष्ठ नागरिक विज्ञ डा. रमेश कडेलले देशका ६१ वटा अस्पतालमा जेरियाट्रिक वार्ड रहेको जानकारी गराउदै नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका ८ जना जेरियाट्रिक विज्ञहरु मध्ये अहिले ३ जना मात्र कार्यरत रहेको बताए ।
नेपाल सरकारले ज्येस्ठ नागरिकक स्वास्थ्यको अस्वस्थालाई थप गुणात्मक बनाउने र आवश्यक जनशक्ति नेपालमै पहिलो पटक उत्पादन गर्ने हेतुले राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठानले यो अग्रसरता लिएको जानकारी गराए । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्व उपकुलपति प्रा। डा। भरत यादव नेतृत्वको ११ जना विज्ञ रहेको समूहले उक्त पाठ्यक्रम बनाएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया