१२ मङ्सिर २०७९, सोमवार

बाबुरामलाई धक्का दिने गरि यस्तो आयो प्रचण्डको अभिव्यक्ति

२०७४,कार्तिक,९,बिहीवार १५:२४

0
Shares

काठमाडौँ, ९ कात्तिक – नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले विगतदेखि नै गोरखा जिल्ला राजनीतिक र सामाजिक आन्दोलनमा जहिले पनि अग्रगमन र प्रगतिका पक्षमा उभिएको बताएका छन् गोरखामा क्रियाशील नयाँ शक्ति पार्टी नेपालका करिब २५ नेता तथा कार्यकर्तालाई यहाँ आज आयोजित कार्यक्रममा पार्टी प्रवेश गराउँदै उनले अग्रगमनका पक्षमा रहेका सबै शक्ति वाम गठबन्धनका पक्षमा उभिने जिकिर गरे । उनले गोरखामा प्रतिगामी शक्ति र प्रवृत्ति परास्त हुने र अग्रगामी सोंच र विचारले जित्ने विश्वास व्यक्त गरे कार्यक्रममा लामो समयदेखि नयाँ शक्तिका केन्द्रीय परिषद् सदस्य जीतबहादुर घले, तमु परिषद्का केन्द्रीय सहइन्चार्ज आनन्दबहादुर घले, गाउँपालिका संयोजक डम्बरसिंह घले, गाउँ परिषद् सल्लाहकारद्वय डा जीतबहादुर घले, बलबहादुर घले, वाम बुद्धिजीवी खड्कबहादुर गुरुङलगायत नेता तथा कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका थीए माओवादी केन्द्र प्रवेश गर्ने नयाँ शक्तिका गोरखाली नेताले साना पार्टी र समूहबाट नेपालको आर्थिक समृद्धि सम्भव नभएको बताउँदै नेपालमा एउटै कम्युनिष्ट केन्द्र बनाएर मात्र समाजवादमा पुग्न सकिने धारणा राखेका थिए । पार्टी प्रवेश कार्यक्रममा माओवादी केन्द्रका नेता एवं गोरखा क्षेत्र नं २ का उम्मेदवार नारायणकाजी श्रेष्ठ, क्षेत्र नं १ का उम्मेदवार हरिराज अधिकारीलगायत नेता उपस्थित थिए ।

प्रकाशित मिति: २०७४,कार्तिक,९,बिहीवार १५:२४

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । नेकपा एमालेले धनुषा क्षेत्र नम्बर ४ मा अग्रता बढाएको छ । धनुषा निर्वाचन क्षेत्र नम्बर ४ मा उम्मेदवार

काठमाडौं । जनता प्रगतिशील पार्टीका अध्यक्ष एवम् पूर्वमन्त्री हृदयेश त्रिपाठीले आफू निर्वाचनमा पराजित भए पनि राजनीतिमा पराजित नभएको प्रतिक्रिया दिएका

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र कांग्रेस नेता प्रकाशमान सिंहबीच आज भेटवार्ता भएको छ । भक्तपुरको बालकोटस्थित

काठमाडौं । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले अब मुलुकको राजनीति नयाँपन र नयाँ दिशातर्फ जानुपर्नेमा जोड दिएका छन् । झापाको

ताजा समाचार

धनुषा–४ मा अग्रता बढाउँदै एमाले
 २०७९,मङ्सिर,११,आईतवार २३:४०
विश्वकप फुटबल : मोरक्को विजयी
 २०७९,मङ्सिर,११,आईतवार २१:३१
इलाम–१ (१) मा लिम्बु र (२) मा राई निर्वाचित
 २०७९,मङ्सिर,११,आईतवार २०:४२