काठमाडौं । आन्दोलनरत शिक्षकहरुले तेस्रो दिन पनि विरोध जारी राखेका छन् । विद्यालय शिक्षा विधेयकको विरोधमा माइतीघर(वानेश्वर सडकमा शिक्षकहरु उत्रिएका हुन् ।
शिक्षकहरुले गरेको विरोध प्रदर्शनले काठमाडौंको ट्राफिक अस्तव्यस्त बनिरहेको छ । विभिन्न जिल्लाबाट शिक्षक-शिक्षिका गाडी रिजर्भ गरेर आन्दोलनका लागि काठमाडौं आएका छन् ।
सामुदायिक विद्यालयहरुको छाता संगठन नेपाल शिक्षक महासंघको आह्वानमा यो आन्दोलन सुरू भएको हो । महासंघले देशभरका सबै सामुदायिक विद्यालयहरु बन्द गराएको छ ।
हेर्नुहोस् तस्बिर :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया