सिंहदरबारमा सरकार र शिक्षकबीच वार्ता सुरु

लोकपथ
217
Shares

काठमाडौं । सरकार र शिक्षकबीच वार्ता सुरु भएको छ । शिक्षा विधेयकको विरोधमा आन्दोलनरत शिक्षक र सरकारबीच सिंहदरबारमा वार्ता सुरु भएको हो ।

आज शुक्रबार बिहानै आन्दोलन रत पक्ष र सरकारबीच छलफल गरिने भनिएको भएपनि दुवै पक्षले आन्तरिक छलफल गर्ने भन्दै वार्ता समय सारेका थिए ।

विद्यालय शिक्षा विधेयकको विरोधमा आन्दोलनरत शिक्षकहरुको छाता संगठन नेपाल शिक्षक महासंघले १७ बुँदे माग अघि सारेको छ । विद्यालय शिक्षा विधेयकमा आपत्ती जनाउँदै असोज २ गतेदेखि शिक्षक कर्मचारीहरू आन्दोलन गर्दै आएका छन् ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?