प्रतिनिधिसभामा शोक प्रस्ताव पारित

काठमाडौं ।  उपप्रधानमन्त्री तथा अर्थ मन्त्री सहित विभिन्न मन्त्रालयको जिम्मेवारी सम्हालेका नेता भरतमोहन अधिकारीको निधनप्रति प्रतिनिधिसभाले शोक प्रस्ताव पारित गरेको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा सभामुख कृष्णबहादुर महराले प्रस्तुत गरेका शोक प्रस्तावलाई सदनले सर्वसम्मतिले पारित गरेको हो । 

'करेन्ट निमोनिया' कारण ८३ वर्षीय अधिकारीलाई दुई सातादेखि अस्पतालमा राखिएको थियो। काठमाडौंस्थित ह्याम्स अस्पतालमा उपचारको क्रममा फागनु १८ गते शनिबार उनको निधन भएको हो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?