काठमाडौं । नेपाली कांग्रेका प्रमख सचेतक रमेश लेखकले बारम्बार सदन अवरोध गर्दा संसदीय पद्धती नै कमजोर हुने बताएका छन् । शुक्रबार बसेको कांग्रेसको केन्द्रीय समितिको बैठकमा उनले निरन्तर बैठक अवरोध गर्ने शैलीप्रति असन्तुष्टि व्यक्त गरे ।
केन्द्रीय समितिलाई संसद्को गतिविधि जानकारी गराउने क्रममा उनले भने, ‘निरन्तर सदन अवरोध हुने स्थिती बनिरहेको छ । प्रमख प्रतिपक्ष ज्यादा आक्रोसित भइरहेका छन् । त्यो स्थिती यथावत छ । निरन्तरको बैठक अवरोधले संसदीय पद्धतीलाई कमजोर गर्छ ।’
प्रमुख सचेतक लेखकले बारम्बार ११ पटक सूचना जारी गरेर बैठक स्थगित भएको र ६ देखि ७ पटकसम्म बैठक निरन्तर अवरोध हुँदै आएको बताए ।
पछिल्लो समय पशुपतिको जलहरिको सुनको ठाउँमा पित्तल मिसाएको छ भनेर एक जना माओवादीका नेताले बोलेको अभिव्यक्तिपछि सदन निरन्तर अवरुद्ध भइरहेको उलने बैठकलाई जानकारी गराए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया