संस्कृति संरक्षणमा समस्यामा बढेको संस्कृति मन्त्री किरातीको भनाई

लोकपथ
63
Shares

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री, सुदन किरातीले, स्वदेशी संस्कृति संरक्षण गर्न नसकिएको स्वीकार गरेका छन् ।

प्रगतिशील लेखक संघ नेपालको ७२ औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई काठमाडौंमा सम्बोधन गर्दै मन्त्री किरातीले, विदेशी संस्कृति अपनाएर स्वदेशी संस्कृति भित्र्याइएको भन्दै दुख व्यक्त गरे ।

उनले भने ‘हामीले अर्काको संस्कृतिलाई आयातित गर्यौ, आफ्नै संस्कृतिलाई संरक्षण गर्न सकेनौं । अब यसरी हेर्दा खेरी, देशमा कम्युनिष्टहरुको वहुमत भएर पनि, जहिले रक्षात्मक भएर बस्नु पर्ने । एउटा सचेत चेतना भएको मान्छेलाई दुख लाग्छ नै ।’

उनले सबै कम्युनिष्ट पार्टी बीचको एकता आजको आवश्यकता भएको बताए । आत्मग्लानी र द्वेषका कारण कम्युनिष्ट पार्टी र नेताहरुले राम्रो काम गर्न नसकेको उनको तर्क छ । नेपालमा समाजवादको आवश्यकता रहेको बताएका उनले हाम्रै समाजमा समाजवाद रहेको बताएका उनले त्यसलाई समेत जोगाउन नसकिएको तर्क गरे । सात महिनामा यो सरकारले योजनावद्ध र लय वद्ध रुपमा राम्रो काम गरेको जिकिर गरे।

४७ सालदेखि यता यो सरकारले सबै भन्दा राम्रो काम गरेको जिकिर गरेका मन्त्री किरातीले, भ्रष्टाचार नियन्त्रणका लागि यो सरकारले अहिले सम्मकै ठुलो सफलता हासिल गरेको जिकिर गरे ।अर्को प्रशंगमा उनले प्रधानमन्त्रीको चीन भ्रमण ऐतिहासिक हुने दाबी गरे । भारत भ्रमण सफल भएको जिकिर गर्दै उनले भने ‘यसपाला चीन भ्रमण पनि सफल हुन्छ । हेरिरहनु होस् अहिले पनि ऐतिहासिक हुन् । ’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?