काठमाडौं । संघीय संसदको, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति अब्दुल खानले कालो बजारी र मूल्यवृद्धिको अनुगमन गर्न ६ वटा उप समिति गठन गर्ने जानकारी दिएका छन् ।
समितिको आज बसेको बैठकमा सभापति खानले भने, ‘ ६ वटा उपसमितिहरु बनाउछौँ । ती समितिहरुले विभिन्न ६ वटा प्रदेशहरुमा अनुगमनहरु गर्ने छ । चाडपर्वलाई लक्षित हुनेगरी हुने कालोबजारी, मूल्यवृद्धि मिसावटलगायतका विषयहरुमा अनुगमन कार्यहरु सम्पन्न गरी समितिमा प्रतिवेदन पेश गर्ने गरी उपसमिति बनाईने छ ।’
उनले ती उप समितिले यही असोज १० गतेदेखि अनुगमन थाल्ने जानकारी दिए ।
‘कालो बजारी, मूल्यवृद्धि, मिसावटलगायतका विषयहरुमा अनुगमन गरी समितिमा रिपोर्ट बुझाउनु पर्छ, जसअन्तरगत उपभोक्ताहरुको हक हित र त्यसको आपूर्ती, व्यवस्था मूल्यांकनको लागि नेपाल सरकारबाट गठित विभिन्न निकायहरु, अनुगमन समिति र स्थानीय बजार अनुगमन समितिबाट भईरहेका काम कारबाहीहरुको बारेमा स्थलगत रुपमा जानकारी लिनु पर्नेछ ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया