काठमाडौं । इम्पेरियल सेक्युरिटिज कम्पनी लिमिटेडले भक्तपुरमा पनि शाखा विस्तार गरेको छ ।
बिहीबार इम्पेरियल सेक्युरिटिज कम्पनी लिमिटेड ९बोकर नं ४५० ले सूर्यबिनायक–६, सूर्यबिनायक चोक, भक्तपुरमा शाखा कार्यालय स्थापना गरी काम शुरु गरेको हो।
उक्त कार्यक्रममा सूर्यबिनायक नगरपलिकाका प्रमुख बाशुदेब थापाले नियम कानूनको परिधिमा रहेर व्यबसाय सन्चालन गर्दा नगरपालिकाको साथ सहयोग रहने बताए ।
त्यस्तै इम्पेरियल सेक्युरिटिजका प्रबन्ध निर्देशक भक्तिराम घिमिरेले भविष्यमा थप शाखा विस्तार गर्दै जाने बताए ।
नेपाल धितोपत्र बोर्ड तथा नेपाल स्टक एक्स्चेन्जको स्विकृति लिएर पोर्ट्फोलियो सेवा, परामर्श सेवा, ब्रोकर डिलरशिप आदि सेवा बिस्तार गर्ने योजना रहेको घिमिरेले जानकारी दिए ।
सोही क्रममा निर्देशक सिताराम अधिकारीले, भक्तपुर शाखा विस्तार भएसँगै भक्तपुरका लगानीकर्ताको शेयर खरिद/बिक्रीका साथै डिम्याट खाता, मेरोशेयर र शेयर अभौतिकरण जस्ता सुविधाहरुमा सहज पहुँच पुग्ने विश्वास व्यक्त गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया