बसको ठक्करबाट स्कुटरमा सवार एक महिलाको मृत्यु

लोकपथ
77
Shares

काठमाडौं । काठमाडौंको माछापोखरीमा बसको ठक्करबाट स्कुटरमा सवार एक महिलाका मृत्यु भएको छ।
ठक्करबाट पर्वतकी ४६ वर्षीया लक्ष्मीकुमारी बोहरा क्षेत्रीको मृत्यु भएको प्रहरीले जनाएको छ।

बुधबार साँझ काठमाडौं महानगरपालिका-१६ माछापोखरीस्थित सडकमा बा.२ ख ६७२९ नम्बरको बसले स्कुटरलाई ठक्कर दिएको हो।

ठक्करबाट गम्भीर घाइते भएकी उनको उपचारको लागि ग्रिनसिटी अस्पताल बसुन्धारामा लगिएको थियो। उपचारको क्रममा उनको मृत्यु भएको हो।

बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। दुर्घटनापछि स्कुटर चालक फरार भएको र स्कुटरको नम्बर पनि नखुलेको प्रहरीले जनाएको छ ।

स्कुटर चालकलाई प्रहरीले खोजी गरिरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?