सानेपामा कांग्रेस केन्द्रीय समितिको बैठक शुरु

लोकपथ
56
Shares

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक शुरु भएको छ । पार्टी कार्यालय सानेपामा सभापति शेरबहादुर देउवाको सभापतित्वमा बैठक शुरु भएको हो।

बैठकमा समसामयिक राजनीति, पार्टीको आन्तरिक संरचनालगायत विषयमा छलफल हुनेछ । बैठकले महासमिति बैठकको एजेन्डा तय गर्ने बताइएको छ ।

काँग्रेसले आगामी मङ्सिर १३, १४ र १५ गतेका लागि महासमिति बैठक बोलाएको छ ।

यसैबीच बैठकअघि कांग्रेसले ८ जनालाई केन्द्रीय समिति सदस्यमा मनोनीत गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?