काठमाडौं । नेपाली कांग्रेसको पार्टी केन्द्रीय सदस्यमा ८ जना मनोनीत भएका छन् ।
आज बसेको पार्टीको केन्द्रीय समिति बैठकमा सभापति शेरबहादुर देउवाले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधनसहित) को धारा २१ को उपधारा १० बमोजिम मनोनित गरेको बताए ।
जसमा डा. चन्द्र भण्डारी, मानबहादुर विश्वकर्मा, किरणराज शर्मा, अर्जुनप्रसाद जोशी, भरतकुमार शाह, सारदा पौडेल, अनिलकुमार रुंगाटा र शिवप्रसाद हुँमागाई मनोनित भएका हुन् ।
केन्द्रीय समिति बैठकअघि देउवाले सदस्यहरु मनोनीत गरेका हुन् । मनोनित भएका चन्द्र भण्डारी कांग्रेसको १४आँै महाधिवेशनमा उपसभापतिमा पराजित भएका थिए ।
आजबाट नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक पार्टी कार्यालय सानेपामा शुरु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया