काठमाडौं । सुन तस्करी प्रकरणमा जोडिएका पाँचजना प्रतिवादीको बयान सकिएको छ ।
हङकङबाट तस्करी गरेर काठमाडौं ल्याएको ६० किलो ७ सय ग्राम सुन प्रकरणका पाँच जना प्रतिवादीको बयान सकिएको हो।
चिनियाँ नागरिक याओ पुचेङ्ग, लि वेन सुङ्ग, ली नेङकाई, हर्कराज राई र भन्सार एजेन्ट रुकमिना सुब्बाको बयान पुरा भएको छ । सुन प्रकरणमा मुछिएका उनीहरुको काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधव प्रसाद मैनालीको इजलासमा बयान सकिएको हो ।
उनीहरुलाई चार ठाउँमा राखेर बयान गराइएको जिल्ला अदालत काठमाडौंले जनाएको छ । सुन प्रकरणमा पक्राउ परेका २६ जना र ३ जनालाई फरार प्रतिवादी कायम गरेर मुद्दा दायर गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया