आन्दोलनरत शिक्षकलाई गगनको आग्रह : ‘तपाईंहरु पढाउन फर्किनुस्, सदनमा हामी लड्छौँ’

लोकपथ
77
Shares

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले देशभरका विद्यालय बन्द नगर्न आग्रह गरेका छन् ।

संसदमा पेश भएको विद्यालय शिक्षासम्बन्धी विधेयकमा अनेकन कमजोरी रहेको र त्यसलाई सच्याउन पहल गर्ने भन्दै आन्दोलनरत शिक्षकलाई विद्यालयमा पठनपाठनको वातावरण बनाउन आग्रह गरेका हुन् ।

‘विद्यालय शिक्षा विधेयकमा थुप्रै सुधार आवश्यक छ, संसदमा हामी यसलाई सच्याउने नै छौँ, विद्यालय बन्द नगरौँ ।’ पूर्वमन्त्री समेत रहेका थापाले भने, ‘विद्यालय शिक्षा सम्बन्धी विधेयकमा अनेकन् कमजोरीहरू छन्, ती सुधार गर्नै पर्नेछ। संसदमा दर्ता भइसकेपछि अब यो विधायिकाको कर्तव्य र जिम्मेवारी हो। हामी सबैसँग घनिभूत छलफल र संवाद गर्नेछौँ । आन्दोलनरत शिक्षक, स्थानीय सरकार लगायत सरोकारवाला र चिन्तित अभिभावक एवं विद्यार्थी सवैका जायज माग र चिन्ताको संवोधन गर्ने कुरामा प्रतिबद्ध छौ ।’

साथै सांसदको भूमिका र विवेकमाथि विश्वास गरेर रचनात्मक ढंगले समाधानको खोजिका लागि मद्धत गर्न र विद्यालय बन्द गर्ने अप्रीय बाटो अबलम्बन नगरी आन्दोलनको स्वरुप परिवर्तन गर्न समेत आग्रह गरे ।

‘सांसदको भूमिका एवं विवेकमाथि विश्वास गरेर रचनात्मक ढङ्गले समाधानको खोजीका लागि मद्दत गर्न र विद्यालय बन्द गर्ने अप्रिय बाटो अवलम्बन नगरी आन्दोलनको स्वरूप परिवर्तन गर्न शिक्षक महासंघ लगायत सबै पक्षमा हार्दिक आग्रह गर्दछु ।’ उनले भनेका छन् ।

सरकारले संसदमा पेश गरेको शिक्षा सम्बन्धी विधेयकमा असन्तुष्टी जनाउँदै बुधबारबाट शिक्षकहरु आन्दोलनमा रहेका छन् ।

May be an image of text

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?