आफू अलौकिक रहेको दाबी गर्ने एक व्यक्तिद्वारा क्षमता परीक्षणको माग

लोकपथ
28
Shares

काठमाडौं । ललितपुरका राजेन्द्र रेग्मीले, आफू सात महिनादेखि पानी समेत नपिई बाँचेको दाबी गरेका छन् ।

काठमाडौंमा पत्रकार सम्मेलन गर्दै ललितपुर महालक्ष्मी नगरपालिका लुभु–८ का रेग्मीले आफू भगवान शिवको अनन्य भक्त भएको र आफूले गत फागुन महिनादेखि पानीसमेत नपिई बाँचेको जिकिर गरे ।

‘म निराहार बाँचिरहेको छु । विश्व मानवभन्दा फरक शरिर मैले पाएको छु । यो शरिरलाई नेपालले मात्रै होईन विश्वको मेडिकल साईन्सले हेर्नुपर्छ । मैले ०७६ सालदेखि नै मलाई शरिररमा कम्पन आउने भएको थियो । यो बीचमा मैले हरेक देवीदेवताको दर्शन गरेको छु । ०७९ फागुन ३ गते राति १२ः१० बजे म सुतेको थिएँ । झसंग उठ्दा म उडेको जस्तो भयो । १२० केजीको मान्छे म सपना देखेर उठ्दा त ४० केजी वजन घटेछ । ४८ इन्चको कम्मर ३४ इन्चको भयो । जल लियो भने खुट्टामा पुग्ने अवस्था भयो । म गत फागुनदेखि निराहार छु ।’ उनको दाबी छ ।

उनले आफूले ०७६ सालदेखि भोजन बन्द गरेको स्पष्ट दाबी गर्दै आफू घण्टौंसम्म पनि चिसो वा तातो दुवै पानीले समाधि गर्न पनि सक्षम रहेका बताए ।

आफ्नो अलौकिक क्षमताको परीक्षणको लागि आफूले राष्ट्रपतिदेखि प्रधानमन्त्रीसम्मलाई पत्राचार गरेको भन्र्दै उनले सार्वजनिक रुपमै आफू परीक्षणका लागि तयार रहेको बताए । उनले भने,‘मेरो क्षमताको उजागर गरियोस । त्रिवीका पदाधिकारीलाई भन्दा चासो देखाईएन । नेपालका सम्पूर्ण मिडियालाई अनुरोध छ । म ७ महिनादेखि निराहार हो कि होईन ? मलाई जाँच होस । निरन्तर ७ महिना भयो मैले पानी पनि खाएको छैन् । निराहार प्रुफ हुनुपर्यो । जलधारा दिएर म जति पनि बस्न सक्छु ।’

उनले सिसिटीभी राखेर मिडियाहरुको उपस्थितिमा आफूलाई निराहार र अलौकिक क्षमताको परीक्षण गर्ने वातावरण बनाउन सरकारदेखि सरोकारवालासम्मलाई अनुरोध गरे ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?