काठमाडौं । संविधान दिवसको अवसर पारेर शिक्षक–शिक्षिकाहरू आज सडकमा उत्रिएका छन् । प्रस्तावित विद्यालय शिक्षा विधेयकको विरोधमा देशभरका शिक्षक आन्दोलनमा उत्रिएका हुन् ।
विभिन्न जिल्लाबाट गाडी रिजर्भ गरेर काठमाडौं आएका उनीहरुको आन्दोलनका कारण काठमाडौंको ट्राफिक अस्तव्यस्त भएको छ । माइतीघर–बानेश्वर सडक ढाकेर हजारौंको शिक्षक शिक्षिकाहरु विरोधमा उत्रिएका छन् ।
सामुदायिक विद्यालयहरुको छाता संगठन नेपाल शिक्षक महासंघको आह्वानमा भएको आन्दोलन माग पुरा नभएसम्म नरोकिने बताइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया