बुद्धभुमी नेपाल हाईड्रोपावर र एनआईसी एशिया क्यापिटलबीच सम्झौंता

लोकपथ
77
Shares

काठमाडौं । बुद्धभुमि नेपाल हाईड्रोपावर कम्पनी लिमिटेड र एन आई सी एशिया क्यापिटलबीच सम्झौंता भएको छ । कम्पनीले भविष्यमा निष्काशन गर्ने हकप्रद शेयरको सम्बन्धमा परामर्श सेवा सहित निष्काशन हुने हकप्रद शेयरको निष्काशन तथा बिक्री प्रबन्ध गर्ने गरी एन आई सी एशिया क्यापिटल लिमिटेडलाई बिक्री प्रर्वन्धकमा नियुक्त गरेको हो ।

सम्झौता पत्र बुद्घभुमि नेपाल हाईड्रोपावर कम्पनी लिमिटेडको संचालकहरुको उपस्थितिमा कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत शेखर कुमार सुवेदी र क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रामेन्द्र रायमाझीले हस्ताक्षर गरेका हुन ।

सम्झौता अनुसार क्यापिटलले बुद्धभुमि नेपाल हाईड्रोपावर कम्पनी लिमिटेडले हकप्रद शेयर निष्काशन प्रकृया अगाडी बढाउनको लागि आवश्यक परामर्श सेवा उपलब्ध गराउनुको साथै सम्बन्धित नियमनकारी निकायहरुमा हकप्रद शेयर निष्काशन प्रकृया अगाडी बढाउदा आवश्यक पर्ने कागजातहरु र अन्य विवरण तयार गर्न सहजीकरण गरी हकप्रद शेयर निष्काशन सम्बन्धी व्यवस्था तथा विवरणहरु तयार गरी नेपाल धितोपत्र बोर्डमा “हकप्रद शेयर निष्काशन सम्बन्धी विवरण–पत्र” स्वीकृतिको लागि पेश गर्ने लगायतका हकप्रद शेयर निष्काशन सम्बन्धी सम्पूर्ण कार्य क्यापिटलले गरिदिने कम्पनीको भनाई छ ।

क्यापिटलले आईडिया टु आईपिओ सेवा अन्तर्गत प्रा.लि. लाई पब्लिक कम्पनीमा परिणत गरी साधारण शेयर निष्काशन सम्मको कार्य गरिदिने तथा हकप्रद शेयर निष्काशन गर्न चाहने कम्पनीहरुलाई हकप्रद शेयर निष्काशन सम्बन्धमा आवश्यक परामर्श सेवा संचालन गरिरहेको हुँदा उक्त सेवा लिन चाहने कम्पनीहरुले क्यापिटलका प्रमुख मर्चेण्ट बैंकिङ्ग दामोदर रायमाझीलाई मोवाइल नं.९८५११८४९७९ मा सोझै सम्पर्क गर्न सकिने कम्पनीले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?