भक्तपुर । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केपी शर्मा ओली नेतृत्वको सरकारले प्रजातान्त्रिक अधिकारहरु हस्तक्षेप गर्न खोजेको आरोप लगाएका छन् ।
नेपाली कांग्रेसका नेता तथा प्रजातन्त्र सेनानी लीलाबहादुर पण्डितको प्रथम स्मृति सभालाई सोमवार भक्तपुरको जितपुरमा सम्बोधन गर्दै सभापति देउवाले भने, ‘सरकारले विभिन्न बहानमा प्रेस स्वतन्त्रता बन्देज लगाउन खोज्दै छ ।’
प्रजातन्त्रको मुल मर्म भनेको प्रेस स्वतन्त्रता भएकाले त्यसमाथी बन्देज लगाउन खोजे कांग्रेसले कुनै पनि हालतमा स्विकार नगर्ने देउवाको भनाइ छ ।
‘साइबर क्राइम देखाएर सामाजिक सञ्जाल र अनलाइन मिडियालाई बहानाबाजी गरेर बन्द गर्ने कुरालाई हामी सहदैनौं,’ देउवाको चेतावनी छ ।
उनले स्वर्गीय पण्डितसँग आफु विद्यार्थी राजनीति गर्दा करिब १३ वर्षसँगै जेलजीवन बिताएको भन्दै पण्डितको सिद्धान्तमा रहेर पार्टी र कार्यकर्ता अगाडी बढ्न सुझाव दिए । वि.स १९९० सालमा भक्तपुरको जितपुरमा जन्मिएका पण्डितले प्रजातन्त्र प्राप्तिको लडाईमा आफ्नो जीवन समर्पण गरेका थिए । उनको २०७४ फागुन १ गते निधनको भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया