९ फाल्गुन २०८०, बुधबार

नुवाकोटमा लोकतान्त्रिक गठबन्धनको विजयलाई कसैले रोक्न सक्दैन ः नेता केसी

२०७४,कार्तिक,९,बिहीवार १४:५०

0
Shares

काठमाडौँ, ९ कात्तिक । नेपाली कांग्रसका केन्द्रिय सदस्य अर्जुन नरसिंह केसीले काँग्रेस जस्तोसुकै गठबन्धनको सामना गर्न तयार रहेको बताउनुभएको छ । नेपाली कांग्रेस बेलकोटगढी नगरपालिका स्तरिय कार्यकर्ता भेलालाई संबोधन गर्दै नेता केसीले उक्त धारणा राख्नु भएको हो । नुवाकोटको निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधीसभा सदस्य उम्मेदवार समेत रहनुभएको नेता केसीले प्रदेश र प्रतिनिधीसभा नुवाकोटको सबै सिटमा लोकतान्त्रिक गठबन्धनले जित हासिल गर्ने दाबी गर्नुभयो । “चुनाब जितेर जनतामाझ गरेको प्रतिवद्धता सबै पुरा गरे, समग्र नुवाकोटको विकासमा कुनै कसर बाकी राखिन” उहाले भन्नुभयो“ साविकको क्षेत्र नम्बर १ मा त २० वर्षमा हुन नसकेको विकासको थालनी गरे, विदुर र वेलकोटगढी नगरपालिकालाई त शहरी विकासमन्त्री हुदा एकिकृत शहरी विकास परियोजनामा पारिसकेको छु ।” शान्ति र संविधानलाई पूर्णता दिदै समृद्धिलाई अघि बढाउन अब कांग्रेसको विकल्प नभएको नेता केसीले औल्याउनुभयो । कार्यक्रममा धारणा राख्दै नेपाली कांग्रेस नुवाकोटका सभापति तथा प्रदेशसभा नुवाकोट क्षेत्र नम्बर २ (क) बाट उम्मेद्वार जगदिश्वर नरसिंह कसिले ०७० सालको संविधानसभा निर्वाचनमा झै नुवाकोटलाई लोकतान्त्रिक गठबन्धन किल्ला बनाउने उद्घोष गर्नुभयो । एक फरक प्रसंगमा सभापति केसीले लोकतन्त्रको रक्षाको लागी सबै किसिमको तिक्ततालाई विर्सदै सबै क्षेत्र जिलाउनको निम्ति अभियानमा होमिन कार्यकर्तालाई आह्वान गर्नुभयो । उहाले भन्नुभयो “दुबै प्रतिनिधीसभा सदस्य र चारवटा प्रदेश सदस्य नै यसपल्ट लोकतान्त्रिक गठबन्धनले जित्नैपर्छ , एउटा हारेपनि कांग्रेस अपुरो हुन्छ ” उनले थपे “लोकतन्त्रको रक्षा र नुवाकोटलाई प्रदेश नम्बर ३ को प्रदेशिक राजधानीको लागी पहल गर्नपनि कांग्रेसको जितको विकल्प छैन ।” कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पाटी (प्रजातान्त्रिक) जिल्ला नेतृत्व साथै नुवाकोटका दिवंगत नेता जितसिंग खड्काकी धर्मपत्नि लगायतले लोकतान्त्रिक गठबन्धनको उम्मेदुवारलाई समर्थन गरेको भन्दै जिताउनको लागी सबैका अपिल पनि गरेका थिए । यो भेलासँगै नुवाकोट कांग्रेसले चुनाबी अभियानलाई जिल्ला केन्द्रित बनाउने बताएको छ ।

प्रकाशित मिति: २०७४,कार्तिक,९,बिहीवार १४:५०

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । पछिल्लो समय एन्जाइटीको समस्या बढ्दो छ । आफ्नो सोचाइलाई व्यवस्थापन गर्न नसक्दा धेरै मानिसहरुलाई एन्जाइटी हुने गर्दछ ।

काठमाडौं । के तपाई दैनिक ६ घण्टाभन्दा पनि कम सुत्ने गर्नुहुन्छ ? यदि त्यस्तो छ भने त्यो तपाईको स्वास्थ्यका लागि

काठमाडौं । सबैको घरको भान्सामा उपलब्ध हुने जाइफललाई प्रायजसो हामी मसलाको रुपमा वा पुजा सामाग्रीको रुपमा प्रयोग गर्ने गर्छौँ। घरमा

काठमाडौं । हरेक जीवका लागि पानी अतिआवश्यकीय वस्तु हो । हामी पानी बिनाको जीवन कल्पना समेत गर्न सक्दैनौँ । तर

ताजा समाचार

’रूखान’ मा अनुबन्धित भइन् नीति शाह
 २०८०,फाल्गुन,९,बुधबार १५:१७
रुपात्रेय शान्ता पुरस्कार दधिराजलाई
 २०८०,फाल्गुन,९,बुधबार १५:११
नामिवियाले गुमायो आठौँ विकेट
 २०८०,फाल्गुन,९,बुधबार १४:५७
करिब १८ किलो ५ सय ग्राम गाँजा बरामद
 २०८०,फाल्गुन,९,बुधबार १४:४१
नामिवियाको सातौँ विकेट पनि पतन
 २०८०,फाल्गुन,९,बुधबार १४:३६
रुकुममा एकजना मृत अवस्थामा फेला
 २०८०,फाल्गुन,९,बुधबार १४:२७
नामिवियाको पाँचौँ विकेट पनि पतन
 २०८०,फाल्गुन,९,बुधबार १३:५५