युरोको भाउ बढ्यो, अमेरिकी डलर भने स्थिर

लोकपथ
91
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । आज युरोको भाउ बढ्दा अमेरिकी डलरको भाउ स्थिर रहेको छ ।

जसअनुसार अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ९४ पैसा र बिक्री दर १३३ रुपैयाँ ५४ पैसा रहेको छ ।  युरो एकको खरिद दर १४२ रुपैयाँ ३१ पैसा र बिक्री दर १४२ रुपैयाँ ९५ पैसा पुगेको छ । हिजो युरो एकको खरिद दर १४१ रुपैयाँ ८६ पैसा र बिक्री दर १४२ रुपैयाँ ५० पैसामा कारोबार भएको थियो ।

त्यस्तै बेलायती पाउण्ड एकको खरिद दर १६४ रुपैयाँ ९१ पैसा र बिक्री दर १६५ रुपैयाँ ६६ पैसा रहेको छ  । यता कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४७ पैसा र बिक्री दर ३६ रुपैयाँ ६३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?