१२ आश्विन २०८०, शुक्रवार

नेपालमा राष्ट्रद्रोहीको बाहुल्यता छ : कांग्रेस नेता भण्डारी

२०८०,आश्विन,२,मंगलवार १७:५४

63
Shares

काठमाडौं । नेपाली काङ्ग्रेसका नेता चन्द्र भण्डारीले नेपालमा राष्ट्रद्रोही जमातको बाहुल्यता रहेकैले समस्या बढेको टिप्पणी गरेका छन् ।

‘विद्यालय शिक्षा विधेयक’ विषयक काठमाडौंमा आयोजित अन्तरक्रिया कार्यक्रममा उनले समयमै परीक्षा नगर्ने र नतिजा सार्वजनिक गर्न लामो समय लगाउने परिपाटीको विरोध गर्दै राष्ट्रद्रोही हरुकै कारण समस्या भएको टिप्पणी गरे ।

उनले भने ‘अमेरिका, यूरोप, चीन र भारतको जस्तो हाम्रो पाठ्यक्रम किन बन्दैन् । ३० वर्ष अगाडिका नोट ल्याएर पढाएर अहिले २१ औँ शताब्दिका युवा बनाउन सकिन्छ ? हामी किन बोल्दैनौ, यो मेरो गुनासो हो ।’ उनले भने ‘सिटिइभिटिले लिएको परीक्षाको नतिजा निकाल्न १ वर्ष लगाउँछ, त्यो नेपालमा नबस भनेको हो की होईन् ? यस्तो राष्ट्रद्रोहीहरुको जमातको बाहुल्यता छ नेपालमा आज विद्यार्थीहरुले यसको विरोध गर्नुपर्छ कि पर्दैन् ?’

अहिलेका नेता र विज्ञहरुको दोहोरो चरित्र हुन गरेको उनको टिप्पणी छ । ‘कलियुगमा राजनीति गर्ने नेता, विद्वान, समाजका नेता यीनिहरुका दुईवटा मुख हुन्छन् । जनतासँग एउटा कुरा गर्ने र काम अर्को गर्ने हुन्छन् । यो वास्तविकता हो ।’ उनले भने ।

उनले अब पुरानै शैलीले देशको हित नहुने बताए । ‘नक्सा बनायौँ, दराजमा राख्यौँ छिमेकी देशलाई दिएनौ यस्तो कार्यहरु हुन्छ । यस्तो दुईवटा मुख भएका नेताहरुसँग छौ, हामीले बुझेका छौ तर हाम्रो उमेर जान लाग्यो हामीले के गर्ने, परिवर्तन गर्न खोज्यो आफैलाई फ्याकदिने हो की भन्ने डर छ । कति राख्ने पुराना नेताहरुलाई उनीहरुलाई सम्मान गर्ने, आदर गर्ने तर अब युवाहरु राजनीतिमा आउनु पर्छ । नेपाललाई अगाडि बढाउने हो भने नत्र धेरै गाह्रो छ यो मेरो लामो अनुभव हो । ’ उनले भने ।

प्रकाशित मिति: २०८०,आश्विन,२,मंगलवार १७:५४

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अध्यक्ष रवि लामिछानेले सबै पूराना दलहरुलाई मिलेर सहमतीय सरकार बनाउन आग्रह गरेका छन्

नेकपा एमालेबाट टुक्रिएर नयाँ पार्टी बनेको एकीकृत समाजवादीभित्र दरार देखिन थालेको छ । केन्द्रीय तहका नेताहरुबीच एकले अर्काको अस्तित्व स्वीकार

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज चीनको छेन्दु भ्रमणमा जाँदै छन् । उनी स्थानीय समयअनुसार बिहान पौने १० बजे

विराटनगर । नेकपा एमाले कोशी प्रदेशको पहिलो अधिवेशन आज सुरु हुँदैछ । अधिवेशनको उद्घाटन पार्टी अध्यक्ष केपी शर्मा ओलीले गर्ने

ताजा समाचार

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर कति ?
 २०८०,आश्विन,१२,शुक्रवार ११:२८
प्रधानमन्त्री दाहाल आज चीनको छेन्दु जाँदै
 २०८०,आश्विन,१२,शुक्रवार ११:०३
एमाले कोशी प्रदेश अधिवेशन आज
 २०८०,आश्विन,१२,शुक्रवार १०:५५